Comments Add Comment

यस्तो स्पा जहाँ मानिसहरु रेड वाइनले नुहाउछन्

red-wineहामी सबैलाई थाहा छ, रेड वाइन पिउने चिज हो । तर, जापानको एउटा स्पामा रेड वाइनको फरक प्रयोग भइरहेको छ । यहाँ आउने मानिसहरु पानीमा जसरी रेड वाइनमा डुबुल्की मार्छन् ।

हजुर, यो हो जापानको टोकियोमा खुलेको युनेस्सुन स्पा । आफ्नो मौलिक विशेषताले गर्दा यो स्पा छोटो समयमा प्रख्यात बनेको छ । यहाँ बाथटवमा रेड वाइन भरेर आगन्तुकहरुलाई सामुहिक स्नान गराइन्छ । रेड वाइन मात्रै होइन, यहाँ अन्य खानेकुराले पनि नुहाउने व्यवस्था छ । ती के-के हुन् ? पढ्नुस् ।

सेक वाथः सेक एउटा जापनी मदिरा हो । यसले नुहाउँदा दाद लगायत चिलाउने समस्या निर्मुल हुन्छ भन्ने भनाई छ ।

ग्रिन टी बाथः ग्रिन टीले नुहाउँदा छाला चम्किलो र नरम हुने विश्वास गरिन्छ ।

कफी वाथ: कफीले नुहाउँदा तपाईंको अल्छिपना गायब हुन्छ, अनि तपाईंको शरीरमा ‘सेलुलिट’ को मात्रा पनि पूर्ति गर्छ ।

नुडल बाथः नुडलले नुहाँउदा खानाको अरुची घट्ने र भोक जाग्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment