Comments Add Comment

मोबाइल एप्लिकेसनमा एसियाको दबदबा, गत वर्ष यस्तो रह्यो मोबाइल एप्लिकेसनको बजार

mobile-applecation

बितेको वर्ष सन् २०१६ मा स्मार्टफोनका दुई प्रमुख एप्लिकेसन स्टोर, गुगल प्ले स्टोर र एप स्टोरमा एसियाली स्मार्टफोन प्रयोगकर्ताको दबदबा रह्यो ।

एनालेटिक्स र्फम एप एनीको वाषिर्क अध्ययन अनुसार सन् २०१६ मा अमेरिका र ब्राजिललाई पछि पार्दै भारत गुगल प्ले स्टोरबाट सबैभन्दा धेरै एप डाउनलोड गर्ने देश बनेको छ ।

त्यस्तै एप्पलको आइओएस एप स्टोरले एप्लिकेसन डाउनलोड बापत कमाउने राजश्वको सबैभन्दा ठूलो हिस्सा पहिलोपटक चीनले ओगट्न सफल भएको छ । तर एप्पल आफैले भने यो आँकडाको खण्डन गर्दछ । अमेरिका र जापानको तुलनमा चीन अझैपनि आफ्नो लागि निकै सानो बजार रहेको विश्लेषण एप्पलको हुने गरेको एप एनीको रिपोर्टमा उल्लेख छ ।

बितेको वर्ष गुगल प्ले स्टोरबाट भारतमा सबैभन्दा धेरै एप डाउनलोड भएको तथ्यांकप्रति गुगलले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

स्मरण रहोस् चीनमा गुगल प्ले प्रतिबन्धित छ भने आइफोनको भारतीय बजार गुगलको तुलनामा निकै सानो छ ।

संयुक्त राष्ट्रसंघीय एजेन्सीको एक रिपोर्ट अनुसार भारत विश्वको दोश्रो ठूलो स्मार्टफोन बजार बनेको छ । विश्वमा सबैभन्दा धेरै स्मार्टफोन प्रयोगकर्ता चीनमा रहेका छन् ।

एप एनीका अधिकारी पल बन्र्सका अनुसार कुनै एक जना बेलायती स्मार्टफोन प्रयोगकर्ताको स्मार्टफोनमा भन्दा कुनै एकजना भारतीय प्रयोगकर्ताको स्मार्टफोनमा बढि एप डाउनलोड हुने गरेका छन्। रिपोर्ट अनुसार गत वर्ष भारतीय प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ६ अर्ब पटक एप डाउनलोड गरे । सन् २०२० सम्ममा भारतमा गुगल प्लेस्टोरबाट डाउनलोड हुने एपको संख्या वर्षेनी २० अर्ब पुग्ने अनुमान उनको छ ।

एप डाउनलोडमा १५ प्रतिशतले वृद्धि

एप एनीको रिपोर्ट अनुसार सन् २०१६ मा विश्वमा एप स्टोरहरुबाट एप डाउनलोड गर्ने दरमा १५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कुनै एप चलाएर प्रयोगकर्ताले बिताउने समयमा २५ प्रतिशतले बढोत्तरी भएको छ भने एप डेभलपर्सले गर्ने आम्दानी ४० प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार सन् २०१६ मा एप्पलको आइओएस एप स्टोर तथा गुगल प्ले स्टोरबाट डाउनलोड हुने एपको संख्यामा १३ अर्बले वृद्धि हुँदै कुल ९० अर्ब पटक एप डाउनलेड भएको छ ।

स्मार्टफोन प्रयोगकर्ताले एप डाउनलोड गरेबापत गुगल तथा एप्पलले सन् २०१६ मा कुल ३५ अर्ब डलर कमाएका छन् ।

गत वर्ष वित्त, ट्राभल, फोटो तथा भिडियो सम्बन्धी एपको डाउनलोड दर एपस्टोरमा बढेको छ भने प्रोडक्टीभिटी, टूल तथा सोसल एपहरुको डाउनलोड गुगल प्ले स्टोरमा बढेको छ ।

सन् २०१६ मा विश्वमा सबैभनदा लोकप्रिय ५ एपमा फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम र स्नापच्याट रहेका छन् । त्यस्तै राजश्वका दृष्टिले टप फाइभ लिष्टमा स्पटीफाइ, लाइन, नेटफि्लक्स, टिन्डर र एचबिओ नाउ रहेका छन् । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment