Comments Add Comment

अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ

innovative-cleaner

सिड्नी । हाल अष्ट्रेलियामा कार्यरत युवाहरुले नेपालको चितवन जिल्लाबाट सरसफाइको काम सुरु गरेका छन् । यो सरसफाइ अभियानमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल पनि सहभागी भएका छन् ।

एक वर्ष अघिदेखि चितवनको भरतपुर विमानस्थलमा सरसफाइ गरेर सुरु भएको अभियानमा अहिले चितवन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । भरतपुर विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई सिड्नीको खेम्स क्लिनिङमा कार्यरत नेपाली मजदुरहरुले अष्ट्रेलियामा गरेको आफ्नो कमाइको केही प्रतिशत छुट्याएर पारिश्रमिकको व्यवस्था गरिरहेका छन् ।

matribhumi-at-chitwan-airport

यसैगरी जिल्ला प्रशासन कार्यालयमा सरसफाइमा खट्ने मजदुरको आगामी एक वर्षको पारिश्रमिक गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले दिनेछन् ।

यो अभियान केबल अभियानका लागि मात्रै नभएर सरसफाइ पेशालाई सम्मानित बनाउन, नेपालमा रोजगारी सिर्जना गर्न र करोडौं लगानीका भौतिक संरचना सफा राख्नका लागि गरिएको एक अभियन्ता खेम शर्माले अनलाइनखबरलाई बताए ।

matri-bhumi-1

चितवनमा अष्ट्रेलियाका युवाहरुको अभियानमा नेपालबाट मातृभूमि नामक संस्था पनि जोडिएको छ । उक्त संस्थाले नेपालमै सहकार्य गर्नेछ भने अष्ट्रेलियामा इनोभेटिभ एशोसियसनले सहकार्य सुरु गरेको छ । इनोभेटिभ एशोसियसनले अष्ट्रेलियामा रहेका उद्यमीलाई नेपालमा रोजगारी सिर्जना गर्न र देशप्रतिको दायित्व पूरा गर्न अभियानमा सहभागी हुन आह्वान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment