+
+

राजनीतिक गतिरोध अन्त्यका लागि एमाले बाधकः मन्त्री खाँण

 सलमान खान सलमान खान
२०७३ माघ १५ गते १९:३८

१६ माघ, भैरहवा । रक्षामन्त्री बालकृष्ण खाँणले राजनीतिक गतिरोध अन्त्य गर्नमा एमाले बाधक बनेको बताएका छन् । एमालेले पञ्चायत र राजतन्त्रले जस्तो आफूबाहेक अन्यलाई राष्ट्रघाती देख्दा राजनितिले निकास पाउन नसकेको बताए ।

भैरहवामा मुस्लिम सघं रुपन्देहीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै कांग्रेस नेता समेत रहेका रक्षामन्त्री खाँडले भने, ‘नेपालको रक्षा, विकासमा सबै नेपाली मिलेर गरिरहेका छन् । तर एमालेले आफू बाहेक अन्य सबैलाई राष्ट्रघातीको सज्ञां दिइरहँदा निकास निस्कन सकेको छैन ।’

साथै उनले संविधान कार्यान्यवनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । सविधानमा उपलब्ध हकअधिकारहरु सुनिश्चित गर्नका लागि पनि निर्वाचन अपरिहार्य रहेको भन्दै उनले सबै राजनितिक दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गराउने तर्फ सरकार लागि रहेको समेत बताए ।

उनले दलहरुबीच समहति भई छिट्टै चुनाव घोषणा हुने भन्दै तयार रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?