Comments Add Comment

यस्तो छ भन्सालीले थप्पड खानुको कारण


फिल्म पद्यावतीको छायांकनमा निर्देशक संजय लीला भन्साललीले किन थप्पड खाए ? स्पष्ट छ, उनले ऐतिहासिक कथालाई ‘ग्ल्यामराइज्ड’ गर्ने बहानामा बङ्याउन खोजे ।

राजपुत करणी सेनाका सदस्यले उनीमाथि हातपात गर्नुको कारण यति हो । जयपुरमा बाँकी दृश्य खिच्न पुगेका भन्सालीलाई थप्पड हान्नुका साथै, केस लुछेका थिए ।

यसैबीच पद्यावतीको कथालाई अहिलेकै जस्तो ‘ग्ल्यामराइज्ड’ गर्न खोजे फिल्म छायांकन गर्न नदिने चेतावनी दिइएको छ । साथै, फिल्म प्रदर्शनमा रोक लगाउने समेत उनीहरुको धम्की छ । यता भन्सालीले रातारात सुटिङको सामग्री अन्यत्र सारेका छन् । उनले फिल्म सुटिङ राजस्थानमा नगर्ने बताएका छन् । भन्सालीका अनुसार अब मुम्बईमा सेट बनाएर फिल्मको बाँकी दृश्य खिचिनेछ ।

राजपुत करणी सेनाले पत्रकार सम्मेलन गर्दै, ‘रानी पद्यनिी आफ्नो गौरव हो । उनले अलाउद्दीनसँग जानुको साटो अग्नीकुण्डमा आफुलाई जलएकी’ प्रष्ट्याएका छन् । आफ्नो पूर्वजको यो गौरवमय इतिहासलाई अश्लिल र अतिरञ्जित बनाएको आफुहरुलाई स्विकार्य नहुने राजपुत करणी सेनाको भनाई छ ।

फिल्ममा यसपाली पनि रणबीर सिंह र दीपिका पादुकोणलाई दोहोर्‍याएका छन् । यसअघि भन्सालले यहि जोडीलाई लिएर बाजिराव मस्तानी  र गोलियो की रासलिला रामलीला बनाएका थिए ।

खासमा कथा यस्तो छ

–     रानी पद्यावती पद्यनिी नामले चिनिन्थ्यो । उनी चित्तौडगढकी रानी थिइन् ।

–     उनको जन्म सिंहल देशमा भएको थियो । पद्यनिीको बिवाह मेवाडका रावल रतनसिंहसँग भएको थियो ।

–     महारानी बनेर चित्तौडगढ पुगेकी पद्यावतीको सौन्दर्यको चर्चा त्यसबेला पुरै देशभर भएको थियो ।

–     यसै क्रममा रावल रतनसिंहले केहि कुरामा असमझदारी भएर राघव चेतन नामक व्यक्तिलाई देश निकाला गरिदिए ।

–     तिनै राघव दिल्ली दरबारमा पुगे र त्यहाँका राजा अल्लाउद्दीनलाई महारानी पद्यावतीको सौन्दर्यकोबारे बताए । त्यसपछि नै हो, दिल्लीका राजाले पद्यावतीलाई आफ्नो बनाउने उत्कट चाहाना पालेको ।

–     खिलजी वंशका शासक अलाउददीन खिलजी पद्यावतीलाई मन पराउथे र आफ्नो बनाउन चाहन्थे ।

–     जब रानीलाई यो सबै कुरा थाहा भयो, उनले केहि राजपुत महिलाका साथ अग्नीकुण्डमा आफुलाई जलाएकी थिइन्

–     यसरी रानीले आफ्नो वंश र राज्यका खातिर आफुलाई आहुति दिएकी थिइन् ।

फिल्मले यसरी कथा मोड्छ

–     बाहिरी चर्चा अनुसार फिल्ममा खिलजी र पद्यावतीलाई केन्द्रमा राखेर कथा बुनिएको छ ।

–     रानी पद्यावतीलाई अलाउद्दीन खिलजीकी प्रेमिकाको रुपमा प्रस्तुत गरिएको छ ।

–     एनको सपनमा पद्यावतीसँग प्रेम-रोमान्स गरेको दृश्य समेत फिल्ममा राखिंदैछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment