+
+

क्यान इन्फोटेकमा लिपिस्टिक पाउडर ! यस्तो रहेछ रहस्य

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १७ गते १४:०७


१७ माघ, काठमाडौं । क्यान इन्फोटेक भन्ने बित्तिकै कम्प्यूटर र बिद्युतीय समानको मेला भन्ने बुझिन्छ । तर, यसपाली यो मेलामा नौलो दृश्य पनि देख्न पाइन्छ, जहाँ लिपिस्टिक पाउडर, कुर्ता सुरवाल, कोट ज्याकेट लागयतको समान राखिएको छ ।

यो  ‘सोेचेको डटकमको स्टल  हो । झट्ट यो स्टलमा पुग्दा सबै छक्क पर्छन् र सोध्छन् ‘यो सब किन ?’ प्रर्दशनी स्टालका कर्मचारीहरु सबैलाई बुझार्इ रहेका भेटिन्छन् ‘हाम्रो अनलाइन सपिङ्ग साइट हो, यी समानहरु यहाँबाट बेच्ने हैन, तपाईंहरुले अनलाइनबाट हेरेर अडर गर्ने हो ।’

अनलाइन सपिङ साइट सोचेको डटकमले आफ्नो कारोबारको औपचारिक सुरुवात गरेको जानकारी दिन यो नौलो प्रयोग गरेको हो ।

ग्राहकहरुलाई सुपथ मूल्यमा गणस्तरीय समान घरमै डेलिभिरी गरिदिने उदेश्यसहित अनालाइन स्टोर सञ्चालन गरको सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले बताए ।


यो साइटबाट होम एप्लाइन्सेस, फेन्सी आइटम, कम्प्युटर, ल्यापटप, मोबइल, गार्मेन्ट्स, कस्मेटिक, हेल्थ र फिटनेश प्रोडक्ट, गिफ्ट, तथा अटोमोबाइल एसोसरिजहरु सुलभ मूलयमा किन्न सकिन्छ । सोचेको डटकमले तपाईंले अर्डर गर्नुभएको स्थानमै डेलिभरी पनि दिन्छ ।

सञ्चालक लोहनी नेपालमा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अमेजनको मोडलमा अफिसियल स्टोरसहित यसलाई विस्तार गर्न लागि्रएको बताउँछन् । मेगा टेकले प्रवर्द्धन गरेकाले कम्पनीले झण्डै ३ हजार प्रोडक्टहरु बिक्रीमा राखेको छ ।
‘हामी यसलाई समान्य तरिकाबाट चलाउन लागिरहेका छैनौं । लगानी बढाएर यसलाई विश्वसनीय सपिङ अनाइनका रुपमा विकास गर्नेछौं’ लोहनीले भने ।

यसले अहिले दिइरहेको सेवामा ग्राहक पनि सन्तुष्ट देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?