+
+
Shares

निर्वाचन कसुर विधेयक पास, थ्रेस होल्डले अड्कायो दुई विधेयक

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १७ गते १५:३९

१७ माघ, काठमाडौं । व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ ।

सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित भएपछि विधेयक पेश हुन सकेको थिएन ।

सम्वन्धित मन्त्री नै अनुपस्थित भएपछि सभामुख ओनसरी घर्तीमगरले यसलाई कार्यसूचीबाट हटाएकी थिइन् र, संसदको दोस्रो बैठक राखेकी थिइन् ।

संसदले निर्वाचनसम्वन्धी दुई विधेयक यसअघि नै पास गरिसकेको छ । अब राजनीतिक दल र स्थानीय निर्वाचनसम्वन्धी विधेयक पास हुन बाँकी छ ।

थ्रेस होल्डसहितका विषयमा राजनीतिक सहमति नजुट्दा राज्य व्यवस्था समितिले यो विधेयक संसदमा पठाएको छैन । प्रमुख दलहरु तीन प्रतिशत थ्रेस होल्डको पक्षमा देखिएका छन् । तर, साना दलहरुले विरोध गरेका छन् ।

राज्य व्यवस्था समिति अन्तरगत उपसमितिका सभापति आनन्द ढुंगानाले विवादित विषयमा आफूहरु सहमति नजिक रहेको र अबको बैठकले निर्णय लिने बताए ।

यो पनि पढ्नुहोस् 

संसदमा गृहमन्त्री नै अनुपस्थित, निर्वाचनसम्वन्धी विधेयक पेश हुन सकेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?