Comments Add Comment

गाविस सचिवले राखे सुविधा बृद्धिको माग

१७ माघ काठमाडौं ।  गाविस सचिव हकहित संरक्षण केन्द्रले सेवा सुविधा बृद्धि लगायतको माग राख्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

गाविस सचिवहरुको सेवा सुविधा बृद्धि लगायतका माग पुरा नभए पर्सिदेखि गाविसको काम ठप्प पार्ने केन्द्रको चेतावनी छ ।

ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेले भूकम्प अति प्रभावित क्षेत्रमा दोस्रो किस्ता वापतको करिब १२ अर्ब रुपैयाँ बितरण गर्न पठाइसकेको भन्दै तत्काल आन्दोलन नगर्न आग्रह गरेका छन् ।

गाविस सचिवहरुले काम ठप्प पार्दा त्यसको प्रत्यक्षमार भूकम्प पीडितहरुलाई पर्ने भन्दै डा. पोखरेलले माग पुरा गर्न केही समय दिनुपर्ने बताए । उनले भने,  तपाईहरुको माग सम्वोधनका लागी मैले पनि पहल गर्छु तर, समय नदिएर एकै पटक काम ठप्प पारि आन्दोलनमा जानु व्यवहारिक हुँदैन ।

प्राधिकरणले घर निर्माणका लागि दोस्रो किस्ताको अनुदान रकम बितरण गर्न गत शुक्रवार स्थानिय बिकास मन्त्रालयलाई अख्यिारी दिइसकेको छ । दोस्रो किस्ताको आवास अनुदान रकम तत्काल बितरण गर्न प्राधिकरणले सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ ।

गाविस सचिवहरुले काम ठप्प पारे भूकम्प प्रभावित क्षेत्रमा दोस्रो किस्ताको अनुदान बितरण कार्य प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment