Comments Add Comment

गेटा आँखा अस्पतालमा भारतीय विरामी घटे

१३ चैत, कैलाली । कैलालीको गेटा आँदा अस्पतालमा पछिल्लो समय भारतबाट आउने विरामीको संख्या घटेको छ ।

भारतले नेपालसँगको सीमावर्ती जिल्लाहरुमा सुविधासम्पन आँखा अस्पताल र निशुल्क स्वास्थ्य सेवा दिन थालेपछि भारतीय विरामी घटेका हुन् ।

पहिले दैनिक ५ सय जनासम्म भारतीय विरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ । भारतमा भन्दा सस्तो र गुणस्तरीय सेवा पाइने भनेर अहिले पनि केही विरामी गेटा अस्पतालमा आउने गरेका अस्पतालको दावी छ ।

२०३८ सालमा स्थापना भएको कैलालीको गेटा आँखा अस्पतालले हालसम्म ३५ लाख मानिस लाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने करिब ५ लाख मानिसको आँखाको अप्रेसन गरेको छ । ४१ औ नेत्रज्योति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा अस्पतालका प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीले केही बर्षयता भारतीय सेवाग्राहीको संख्या घटेको बताए ।

भारतीय सेवाग्राहीबाट उठेको पैसाले सुदूरपश्चिमका पहाडी जिल्लामा निशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ । अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने नेपाल नेत्र संघका केन्द्रीय उपाध्यक्ष चक्रबहादुर सिंहले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गेटा आँखा अस्पताललाई कुनै समस्या आउन नदिने आश्वासन दिए । प्रदेश र स्थानीय तहमा आँखाको शल्यक्रिया शिविरको लागि आर्थिक सहयोग गर्ने उनको भनाइ छ ।

सुदूपश्चिम प्रदेशमा अन्य रोगका लागि भारत तथा काठमाडौं जानुपर्ने बाध्यता यस प्रदेशका जनतामा भए पनि आँखासम्बन्धी धेरै समस्या गेटा आँखा अस्पतालमै समाधान भइरहेको छ ।

अस्पतालले मोतिविन्दु जलविन्दु, दृष्टि पर्दा आँखाको नानी प्रत्यारोपण, अकु लोप्लाष्टि, माइक्रोबायोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment