Comments Add Comment

भन्सालीमाथिको घटनाबाट म अत्यन्तै निराश छुः दीपिका

पद्मावती फिल्मको सुटिङका क्रममा बलिउड निर्देशक सञ्जय लिला मन्सालीमाथि थप्पड हानियो । सो घटनामा फिल्मकी अभिनेत्री दीपिका पादुकोणले प्रतिक्रिया दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘सुटिङका क्रममा जे भयो, त्यसबाट मलाई गहिरो धक्का लागेको छ । यस घटनाबाट म अत्यन्तै निराश छु ।’

दीपिका अगाडि लेख्छिन्, ‘हाम्रो एक मात्र प्रयास भनेको एउटी साहसी र पराक्रमी महिलाको कथालाई संसारसमक्ष सालिन तरिकाले प्रस्तुत गर्नु हो । पद्मावतीको रुपमा म तपाईंहरुलाई यो भरोसा दिलाउन चाहन्छु कि यसमा इतिहासलाई कत्ति पनि तोडमोड गरिएको छैन ।’

पद्मावती फिल्मको सुटिङमा शुक्रबार लफडा भएको थियो । फिल्ममा रानी पद्मावतीलाई अलाउद्दीन खिलजीको प्रेमकाका रुपमा देखाइएको तथा उनीसँग जोडिएका तथ्यहरुलाई तोडमोड गरेर प्रस्तुत गरिएको आरोप लगाउँदै करणी सेनाले फिल्मको सेटमा हमला गरेका थिए भने फिल्मका निर्देशक सञ्जय लीला भन्सालीमाथि थप्पड हानेका थिए । यसपश्चात भन्सालीले राजस्थानमा फिल्मको सुटिङ स्थगित गरेका छन् । उनी आफ्नो सम्पूर्ण टिमलाई लिएर मुम्बई फर्किन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment