Comments Add Comment

‘छक्का पन्जा’ले पुरा गर्‍यो दीपाको नयाँ गाडी चढ्ने सपना


चलचित्र ‘छक्का पन्जा’ले बम्पर व्यापार गरेको समाचार अब नयाँ रहेन । किनकी, भदौ २४ गतेपछि यदि नेपाली चलचित्र बजारमा कुनै चलचित्रको चर्चा भयो त, त्यो ‘छक्का पन्जा’को नै भयो ।

चलचित्रकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र हिट भयो भने एउटा नयाँ गाडी भएपनि चढ्छु भन्ने चाहना राखेकी थिइन् । अन्ततः चलचित्रले उनको यो चाहना पुरा गरिदियो । उनले सोमबार आफूले चढ्दै गरेको ‘सेन्ट्रो’ छाडेर ‘आई ट्वान्टी एक्टिभ’ कार किनेकी हुन् । उनले खरिद गरेको यो कारको मुल्य ३७ लाख छ ।

चलचित्रले बम्पर व्यापार गर्न थालेपछि अहिले चलचित्रकर्मीहरुको जीवनशैली पनि फेरिन थालेको छ । अधिकांश चलचित्रकर्मीले कार चढ्न थालेका छन् भने उनीहरुको जीवनशैलीमा परिवर्तन आएको छ ।

नेपालमै चलचित्रकर्म गरेर दीपाश्री जस्ता केहि कलाकारहरुले आनन्दको जीवन विताइरहेका छन् । दीपाले दर्शकको मायाले नै आफ्नो चाहना पुरा भएको बताएकी छिन् । दीपाले केहि बर्ष अगाडि काठमाण्डौमा १ करोड बढी मुल्यको घर किनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment