Comments Add Comment

टी टकः बर्षालाई पोखरामा डेटिङ लान्छुः पर्शुराम


दुई दर्जन बढी गीतमा स्वर दिएका पर्शुराम रिजाल संगीतमै केहि गर्ने योजनामा छन् । गीत संगीतसँग सम्बन्धित भाइब्स क्रियशनका सञ्चालक समेत रहेका पर्शुरामलाई मोडलिङप्रति पनि रुची छ । तर, अभियनमा परिपक्व भएपछि मात्रै मोडलिङ गर्ने योजनामा छन् । उनै गायकसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान छ बजे उठिसकेको हुन्छु ।

उठेपछि ?
एकछिन योगा गर्छु । त्यसपछि चिया खाएर प्राक्टिस सुरु गर्छु । प्राक्टिस हरेक दिन हुन्छ ।

आजको कार्यक्रम ?
मेरो कम्पनि भाइब्स क्रियशनले भर्खरै ‘श्रावणी’ भन्ने एल्बम निकालेको छ । आज त्यसकै प्रमोशनको काममा ब्यस्त छु ।

फेसबुक कत्तिको चलाउनु हुन्छ ?
फेसबुक त अहिलेको आवश्यकता नै हो । फेसबुक नचलाई त कसरि बस्न सकिएला र ?

बिजनेश प्रमोशनमा फेसबुकको भुमिका ?
अहिले सकारात्मक छ । म आफ्नो कम्पनि होस् या अन्य साथीभाईका नयाँ गीत आएपछि फेसबुकमा शेयर गर्छु । त्यसले पनि व्यापारमा सघाउ पुगेको छ ।

फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सद भयो भने गीत संगीत सुन्छु । एकान्तमा भएँ भने गीत रचना गर्छु । घुम्नु पनि मेरो रुचीको विषय हो ।

कसैले सोध्यो भने घुम्नका लागि कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?
म त इलाम जान सुझाब दिन्छु । इलाम मेरो आफ्नै जन्मथलो हो भने नेपालको घुम्नलायक ठाउँ पनि हो ।

मोडलिङ पनि गर्नु भएको छ ?
गरेको छैन । तर, रहर छ । तर, अभिनयमा अलि परिपक्क नभएकाले अहिलेसम्म गरेको छैन । पछि मोडलिङ पनि गर्छु ।

धर्मकर्ममा कत्तिको रुची छ ?
म धर्मप्रति आस्था भएको मान्छे हुँ । हरेक मंगलवार गणेश भगवानको नाममा ब्रत बस्छु । आज पनि मेरो ब्रत हो । माछा मासु कहिल्यै खान्नँ ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
हेराएको छु । मलाई विश्वास लाग्छ ।

मन पर्ने हिरोइन ?
अहिले वर्षा राउत मन पर्छ ।

वर्षासँग डेटिङ जाने अवसर मिल्यो भने ?
पोखरा जान प्रस्ताव राख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment