Comments Add Comment

‘बीग आइकन’को पहिलो चरणको अडिसनबाट १ सय १९ जना छानिए


‘सातौँ बिग आइकन’ अन्र्तगत शनिबारदेखि शुरु भएको पहिलो चरणको अडिसन सकिएको छ । पहिलो चरणको अडिसनमार्फत कुल १ सय १९ जना सहभागीहरुले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ प्राप्त गरे ।

‘सातौँ बिग आइकन’को पहिलो चरणको अडिसन अन्र्तगत ५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीले सहभागिता जनाएको एफएमले जनाएको छ । पहिलो चरणको अडिसन ३ दिनसम्म चलेको थियो । अडिसनमा पहिलो दिन ६३, दोस्रो दिन ४४ र अन्तिम दिन १२ जना प्रतियोगीहरुले ग्रीन कार्ड प्राप्त गरेका थिए । दोस्रो चरणको अडिसन आगामी विहिबार हुने एफएमले जनाएको छ ।

अझै १८ वटा अडिसन राउण्ड पछि मात्रै ‘ग्राण्ड फिनाले’ हुने एफएमले जनाएको छ । यो सिजनको बिग आइकन करिब २ महिनासम्म चल्नेछ । यो पटक बिग आइकनमा निर्णायक को रुपमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा छन् ।

‘हामीले पहिलो चरणबाटै निकै उत्कृष्टहरुलाई मात्रै छानेर अगाडि बढाएका छौं ।’ निर्णायक मध्येका एक सुनील थापाले भने-‘त्यसैले पनि धेरै संख्यामा सहभागी आएपनि तुलनात्मक हिसाबले थोरै मात्रै दोस्रो चरणका लागि कार्ड पाए ।’

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment