Comments Add Comment

यूएइमा फेसन शो हुने, पूजनादेखि रजनीसम्मले क्याटवाक गर्ने


युएइमा पहिलो पटक नेपाली फेसन शो आयोजना हुने भएको छ । यूएइ यतिबेला नेपाली चलचित्रको लागि राम्रो बजारमा मात्र बनेको छैन, चलचित्र सम्बन्धी गतिविधीले पनि चर्चित छ । एक चलचित्र र अर्को म्यूजिक भिडियो अवार्ड यूएइमा भैसकेको छ । अब, भने पहिलो पटक फेसन शो आयोजना हुन लागेको छ ।

छेपारो डटकमको आयोजनामा हेमन फाउन्डेशनको सहयोगार्थ आयोजना हुन लागेको फेसन शोमा नेपाल र दुबइमा सक्रिय कलाकारले सहभागीता जनाउनेछन् । कार्यक्रममा सहभागी हुन नेपालबाट नायिकाहरु रजनी केसी, पूजना प्रधान, बर्षा राउतको साथमा पूर्व मिस नेपाल सुविन लिम्बु दुबई पुग्नेछन् ।

फ्रेवुअरी १० तारिखमा यो फेसन शो आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । बरदुबइको फोर प्वाइन्ट्स बाइ शेराटोना होटलमा ‘फेसन फ्यूजन’ कार्यक्रमको आयोजना हुन लागेको हो । शोमा कोरियोग्राफी सावित्री खत्रीले गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment