Comments Add Comment

‘पद्यमावती’ नाम परिवर्तन गर्न भन्साली तयार

केहि दिन अगाडि मात्र जयपुरमा निर्देशक संजयलिला भन्सालीमाथि आक्रमण भयो । करणी सेनाले भन्सालीलाई सेटमै पुगेर आक्रमण गरे । यतिमात्र होइन, चलचित्र ‘पद्यमावती’को सेटमा तोडफोड पनि गरे ।

यसको सिंगो बलिउडले नै विरोध गर्‍यो । अब, संजय लिला भन्सालीको टिम र करणी सेनाविच सहमती भएको छ । दुई पक्षको कुराकानीपछि करणी सेनाको भ्रम निवारण भएको छ । भन्सालीको टिमले भनेको छ-‘चलचित्रलाई लिएर कुनै पनि विवाद अब बाँकी छैन ।’ करणी सेनाले चलचित्रको नाम परिवर्तनको माग गरेको छ । भन्सालीले चलचित्रको नाम परिवर्तन गर्दा आफूलाई कुनै आपत्ती नहुने पनि बताएका छन् ।

भन्सालीको टिमले चलचित्रमा रानी पद्यमावती र अलाउद्दिन खिलजीविच कुनै पनि अन्तरंग दृश्य नभएको स्पष्ट पारेको छ । उनीहरुले, चलचित्रको छायांकनमा कुनै अवरोध नगर्न पनि करणी सेनासँग आग्रह गरेका छन् । दीपिका पादुकोणलाई केन्दि्रय भूमिकामा राखेर तयार भैरहेको यो चलचित्रमा रणवीर सिंह र शाहिद कपुर मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment