Comments Add Comment

अष्ट्रेलियाली महिलाहरुद्वारा सन् २०१७ लाई नेपाल प्रर्बद्धन बर्ष घोषणा

४ फेब्रुअरी, क्यानबेरा । अष्ट्रेलियाली महिलाहरुको संस्था ‘कन्ट्री विमेन एसोसिएसन अफ एनएसडब्ल्यु अष्ट्रेलिया’ले सन् २०१७ लाई नेपाल पर्यटन प्रर्बद्धन बर्ष घोषणा गर्दै नेपाल चिनाउने अभियान थालेका छन् ।

अष्ट्रेलियाभर झण्डै चार हजार सदस्य रहेको यो संस्थाले हरेक बर्ष एउटा देशको प्रर्बद्धन कार्यक्रम गर्दै आएको छ । जसअनुसार सन् २०१७ लाई नेपाल प्रर्बद्धन बर्षको रुपमा मनाउन लागिएको संस्थाकी अध्यक्ष जोय ग्रेङगरले अनलाइनखबरलाई जानकारी दिइन।

भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न र अष्ट्रेलियाली नागरिकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न संस्थाले यस्तो अभियान थालेको उनले बताइन ।

सो अभियान अन्र्तगत शनिवार क्यानबेराको प्याभिलियन होटलमा पहिलो कार्यक्रम आयोजना गरियो । संस्थाका झण्डै दुई सय सदस्यको उपस्थीति रहेको यो कार्यक्रममा नेपालका पर्यटकीय गन्तब्य, संस्कृति र सम्पदाबारे जानकारी दिइयो ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्रप्रसाद पाण्डेले भूकम्पपछि पुनःनिर्माणमा भएको प्रगति र दाताहरुको सहयोगका बिषयमा प्रस्तुती दिनुभयो ।

यसैगरी अष्ट्रेलियन नेशनल युनिभर्सिर्टीमा बिद्यावारिधि गरिरहेका थानेश्वर भुसालले नेपालको समग्र परिचय झल्किने प्रस्तुती दिनुभयो ।

नेपालमा रहेको समुन्नत नेपाल नामक संस्थाका प्रतिनिधि बेण्डी मोरले नेपालमा महिलाहरुलाई आत्मनिर्भर बनाउन उनको संस्थाले कस्ता काम गरिरहेको छ भन्ने बिषयमा प्रस्तुती दिइन । यो संस्थाले मूलत एकल र डिभोर्सी महिलाहरुलाई सहयोग गर्ने उनले जानकारी दिइन ।

संस्थाकी अध्यक्ष जोय ग्रेङगरले २ सय जनाको ३० ग्रुप बनाइ नेपाल प्रर्बद्धनसम्बन्धी बिभिन्न परियोजना तयार पार्न लगाइने र मे महिनामा उत्कृष्टलाई पुरस्कृत गरिने जानकारी दिइन । कार्यक्रममा नेपाली राजदूतावासले नेपालका पर्यटकीय गन्तब्य तथा सम्पदाबारे तयार पारेको सामाग्री संस्थालाई हस्तान्तरण गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment