Comments Add Comment

पूर्वक्रिकेटर रमीज राजा बनाउँदैछन् फिल्म, हिरो सञ्जयदत्त

पाकिस्तानका पूर्व क्रिकेटर रमीज राजाले चाँडै फिल्मी दुनियामा पाइला राख्ने भएका छन् । आफ्नै लगानीमा फिल्म निर्माण गर्ने उनको तयारी छ ।

आफ्नो फिल्मको प्रमुख भूमिकामा उनले बलिउड अभिनेता सञ्जय दत्तलाई साइन गराएका छन् । जियो न्यूजमार्फत रमीजल दिएको जानकारी अनुसार उनको फिल्म क्रिकेट खेलमार्फत आतंकवादलाई समाप्त गर्ने मुद्दामा केन्दि्रत हुनेछ । फिल्म एक्सन र सस्पेन्सले भरिपूर्ण हुने पनि उनले बताएका छन् । फिल्मको नाम अहिलेसम्म जुरेको छैन भने हिरोइनलगायत अन्य कलाकारहरुको पनि छनौट हुन बाँकी छ ।

स्मरणीय के छ भने हतियारसम्वन्धि ऐनमा जेल सजाय काटेपछि बाहिर आएका सञ्जयले अहिलेसम्म कुनै पनि बलिउड फिल्ममा साइन गरेका छैनन् । हालै निर्देशक राजकुमार हिरानीले उनको विवादित जीवनमाथि केन्दि्रत बायोपिक बनाउने घोषणा गरेका थिए । यस फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment