Comments Add Comment

ब्याकलेस पहिरनमा हट देखिइन् मलाइका

अरवाज खानसँग अलग्गिएपछि एक्लो र विन्दास जीवन बाँचिरहेकी छिन् मलाइका अरोडा । उनको ड्रेसअपमा पनि बिन्दासपन झल्किन थालेको छ । आजकाल उनी निकै छोटा र खुलेका कपडा लगाएर हिँड्छिन् ।

हालै एक व्यवसायीको पार्टीमा मलाईका हट पहिरनमा प्रस्तुत भइन् । उनले लगाएको हरियो रंगको गाउनको पछाडि भाग ह्वाङ्गै थियो । उनको ब्याकलेस ड्रेसमा पार्टीमा उपस्थित सबै जनाको ध्यान अडिएको थियो । मलाइका भने वेफिक्री मुद्रामा थिइन् ।

४० काटिसकेकी यी आइटम डान्सर यो उमेरमा पनि उत्तिकै हट देखिन्छिन् । केही दिनअघि उनले समुद्री तटमा खिचेका केही बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment