Comments Add Comment

राष्ट्रिय विकासको आधार नै शिक्षा: राष्ट्रपति भण्डारी

२२ माघ, बुटवलल । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विकासको आधार नै शिक्षा भएकाले राज्यले शिक्षामा लगानी बढाउनुपर्ने बताएकी छन् । उनले राज्यको लगानीसंगै प्रतिफल पनि सोहि किसीमको आउनुपर्ने धारणा राखिन् ।

रुपन्देहीको रुद्रपुरमा रहेको हरैया माविको स्वर्णमहोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रुपन्देही पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण रहेको बताइन् । ‘सरकारले अगाडि सारेको लुम्बिनी विकासको गुरुयोजना पूर्ण रुपमा कार्यन्वयनमा आउदा यो भेग लाभान्वीत हुनेछ’ उनले भनिन् ।
बुद्ध सर्किट र अन्र्तराष्ट्रिय गौतम बुद्ध बिमानस्थल निर्माणकार्य सम्पन्न पछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटक भित्राउन थप सहयोग पुग्ने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले सबै मिलेर सामाजिक बिकृती अन्त्य गर्नुपर्नेमा जोड दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment