Comments Add Comment

अष्ट्रेलियामा पहिलो एनआरएन उद्यमी सम्मेलन आयोजना

५ फेब्रुअरी, सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन २०१७ आइतबार सिड्नीमा आयोजना गरिएको छ ।

नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको सम्मेलनको उदघाटन न्यू साउथ वेल्सका लागि महावाणिज्य दूत दिपक खड्का, गैरआवासीय नेपाली संघका संरक्षक इन्द्रा बन र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले संयुक्तरुपमा गरे ।

रेज होटलमा आयोजित सम्मेलनमा अष्ट्रेलियाका बिभिन्न राज्यबाट नेपाली उद्यमी व्यवसायीहरुलाई अष्ट्रेलिया नेपाल बिजनेस काउन्सीलका अध्यक्ष मन केसीले स्वागत मन्तव्य राखेका थिए ।

सम्मेलनको पहिलो सत्रमा एनआएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गोवा कटवाल, अष्ट्रेलियन हिमालय फाउन्डेसनका अध्यक्ष सिमोन बल्डेस्ट्रन, प्रमेश खड्का र भिम खरेल, डा. किशोर वैद्य, श्याम केसी, सोनिसा श्रेष्ठलगायतले कार्यपत्र पेश गरेका छन् ।

पहिलो सत्रमा महावाणिज्य दूत दिपक खड्काले नेपालबाट हङकङ हुँदै अष्ट्रेलियामा व्यापारीक रुपमा कसरी स्थापित भइयो भन्ने प्रेरणादायी मन्तव्य राखेका थिए ।

यसैगरी दोस्रो सत्रमा मिचेले जोनसन, किरण थापा, जविन श्रेष्ठ, मेघनाथ श्रेष्ठ, डिला खरेल, स्कट योङ, भानविसा ब्राउन, विवेक थापा, समिम अनवर लगायतले पनि कार्यपत्र पेश गरेका थिए ।

एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घले र नेपाली दूतावास क्यानवेराका राजदूत राजेन्द्र पाण्डेले प्रेरणादायी मन्तव्य दिएका थिए ।

समग्र सेशनको सहजकर्ताको रुपमा डा. राजु अधिकारीले भूमिका निर्वाह गरेका थिए भने केशव शर्मा, भरतराज पौडेल, डा. समशेरसिंह थापाले सम्मेलनका घोषणाहरु तयार पारेका थिए ।

एनआरएन अष्ट्रेलियाका सचिव टोनु घतानेले प्रारम्भ गरेको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सहभागी सबैलाई धन्यवाद दिँदै समापन मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment