Comments Add Comment

शशिकलाः न पार्षद, न विधायक, सिधै मुख्यमन्त्री !

यस्तो तामिलनाडुमा मात्र सम्भव हुन्छ !

२४ माघ, काठमाडौं । तामिलनाडु एक यस्तो राज्य हो, जहाँ कोई पञ्चायतको कुनै नजितेर पनि राज्यको मुख्यमन्त्री बन्न सक्छ । तामिलनाडु त्यही राज्य हो, जहाँ पनीरसेल्वम तीनपटक ‘स्याट्ण्ड बाई’ मख्यमन्त्री बने ।

जयललिताको निधनपछि एआईडीएमकेको प्रमुखका रुपमा शशिकलाको उदय राजनीतिक विश्लेषक र तामिलनाडुको राजनीतिबारे जानकारी राख्नेलाई आश्चर्य होइन । तर, पार्टीमा प्रश्न थियो कि जयललिताको राजनीतिक स्थान कसले दिनेछ ? जसले जयललिताको स्थान लिनेछन्, उसले भोट पनि ल्याउन सक्छ ?

भोट ल्याउने मामिलामा शशिकला र पनीरसेल्वम दुबैको क्षमताको परीक्षा हुन बाँकी छ । किनकी चुनाव अझै चार वर्ष टाढा छ । तर, धेरैलाई यो अनुमान थियो कि पार्टीको कमाण्ड शशिकलाले नै सम्हाल्नेछिन् ।

उसो त जयललिताले आफ्नो उत्तराधिकारीका रुपमा कसैको नाम घोषणा गरेकी थिइनन् । पनीरसेल्वम पार्टीमा यस्ता एक्ला व्यक्ति थिए, जसमा सरकार चलाउने क्षमता पनि थियो ।

जब अकुत सम्पत्तिको आरोपमा जयललिताले पद छाड्नु पर्‍यो, त्यसबेला पनि पनीरसेल्वमले सरकारको बागडोर सम्हाले । अब्जर्बर रिसर्च फाउण्डेसनको चेन्नई डाइरेक्टर एन सत्यमूर्ति भन्छन्, ‘जयललिताको निधनपछि पार्टीमा ठूलो खालीपन आएको थियो ।

कुनै यस्तो मानिसको आवश्यकता थियो, जसले पार्टीलाई संगठित गर्न सकोस् र एकजुट राखोस् । कम से कम शशिकलाले एक हदसम्म यो काम गर्न सक्छिन् ।’

द्रविड पार्टीहरुमा पार्टी प्रमुख सरकार प्रमुख भन्दा महत्वपूर्ण हून्छ । र, सरकारका पार्टी कार्यकर्ताको प्रभाव रहन्छ । तर, एआईडीएमकेको मामिलामा यो कुरा केही अनौठो देखिएको छ कि शशिकलालाई पार्टी प्रमुख बनाउने वा फेरि मुख्यमन्त्री बन्ने बाटो खुला गर्दा कार्यकर्ता त्यति खुसी छैनन् ।

डेक्कन क्रोनिकलका रेजिडेन्ट एडिटर भगवान सिंह भन्छन्, ‘यो नसम्झौं कि कार्यकर्ता शशिकलाको साथमा छ । यद्यपि विधायकको समर्थन छ । यस्तो यसकारण छ कि टिकट बाँड्ने काममा उनको भूमिका महत्वपूर्ण छ ।’

सत्य यो हो कि गत वर्ष सेप्टेम्बरमा जयललिता अपोलो अस्पतालमा भर्ना भएको बेलादेखि नै पार्टी कार्यकर्ता उनकी भतिजी दीपा जयकुमारको घर बाहिर उनलाई राजनीतिमा सक्रिय हुन माग गरिरहेका थिए ।

भगवान सिंह भन्छन्, ‘आज पनि यसैगरी माग भइरहेको छ । दीपाका फ्यान क्लब चेन्नाइमा उनको पोष्टर प्रकाशित गरिहेका छन् ।’

एम नटराजनको भूमिका

तर भगवान सिंह पछिल्ला दिनहरुमा दोस्रो कथातर्फ पनि इशारा गरिरहेका छन् । यो शशिकलाका पछि एम नटराजनसँग जोडिएको छ ।
भगवान सिंह भन्छन्, ‘केन्द्रको बीजेपी सरकार एआईडीएमकेको सरकारलाई अस्थीर बनाउने कोशिशमा लागेको छ ।’

नटराजन त्यही व्यक्ति हुन् जसले शशिकलाको कुराकानी जयललितासँग गराएका थिए । त्यसबेला उनी पार्टीको प्रचार विभागको सचिव थिए र एमजी रामचन्द्रन राज्यको मुख्यमन्त्री थिए ।

उनले नै जयललिताको सम्पर्क दिल्लीका नेताहरुसँग गराएका थिए । यो त्यो समय थियो जब रामचन्द्रनकको मृत्युपछि जयललिता पार्टीमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेकी थिइन् ।

जयललिता र एम नटराजनको सम्बन्धमा पछि फाटो पनि आएको थियो तर जयललिताको मृत्युपछि शशिकला र उनको परिवारका सदस्यहरु उनको मृत शरीर नजिकै देखिए ।

नटराजन एकातिर यस कुराको दाबी गर्दछन् भने दोस्रोतर्फ कैयौं व्यक्तिहरु यस कुराको विश्वास पनि गर्दछन् कि सन् १९९१ मा जयललिताको पहिलोपटक मुख्यमन्त्री बनाउन उनको सबैभन्दा अहम् भूमिका थियो ।

भगवान सिंह भन्छन्, ‘जयललिताका मुख्यमन्त्रीका रुपमा उदाउनुको पछाडि नटराजनकै हात रहेको मानिएको छ । उनले अघि बढ्नका लागि जयललितालाई सहारा दिए । उनी एक ठूला कुटनीतिक व्यक्ति हुन् । उनी आधुनिक जमानाका कौटिल्य हुन् । यदि उनी जयललिताका लागि यस्तो गर्न सक्छन् भने आफ्नी श्रीमतीका लागि किन सक्दैनन् ?’

शशिकलाको बाटोमा एक अड्न छ । उनीमाथि पनि जयललिताको जस्तै आम्दानीभन्दा धेरै सम्पत्ति राखेको आरोप छ । यस विषयमा अदालतको फैसला आउन अझै बाँकी नै छ । यदि फैसला उनीविरुद्ध आयो भने के होला, त्यो भविष्यले नै बताउला ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment