+
+

निःशुल्क उपचारको सूचीमा ४ रोग थपिने, सहायता रकम पनि बढाउन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २४ गते १५:३६

२४ माघ, काठमाडौं । सरकारले विपन्न वर्गका लागि थप चार प्रकारका कडा रोगको उपचार निःशुल्क गर्ने भएको छ । साथै यस्तो उपचारका लागि सहायता रकमलाई एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउन प्रस्ताव गरिएको छ ।

सरकारले विपन्न वर्गका लागि हाल ८ प्रकारका कडा रोगको उपचार निःशुल्क भनेको छ । र, एक लाखसम्म उपचार सहायता दिँदै आएको छ ।

अब निःशुल्क उपचारको सूचीमा कलेजो, अप्लाष्टिक एनिमिया, थालेसिमिया तथा मस्तिष्क घात थप्ने प्रस्ताव गरिएको छ । अति विशिष्ट र विशिष्टहरुको उपचार खर्चसम्वन्धी व्यवस्थामा भने यो समावेश भइसकेको छ ।

स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले भने, ‘अर्थ मन्त्रालयको सहमति आउनसाथ थप चार रोगको उपचार निःशुल्क बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउँछौं ।’

हालसम्म विपन्न वर्गहरुका लागि मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचार निःशुल्क छ । तर, एक लाखसम्म मात्र उपचार सहायता दिने गरिएको छ ।

साथै फागुन १ गतेदेखि लागू हुने गरी बाथ, मुटु रोग, मुटुको भल्भ फेर्ने, शल्यक्रिया तथा औषधि उपचार सबै निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो व्यवस्था लागू भएसँगै अब मुटुका विरामी विपन्न नागरिकले प्याकेजमै मुटु रोग सम्बन्धी निःशुल्क उपचारको सुविधा पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?