Comments Add Comment

आँखा र नाक नै नभएकी किशोरी कसरी बाँचेकी छिन् ?

के आँखा र नाक बेगर पनि कोही मानिस जन्मन सक्छ ? जन्मिहालेको खण्डमा बाँच्न सक्छ ? यसको उत्तर सबैले नकारात्मक नै दिनेछन् । तर यी किशोरीको हकमा यही सोच्नै नसकिने कुरा भएको छ ।

१९ वषिर्या क्यासिडी हुपरको जन्मदा आँखा र नाक दुवै थिएनन् । एउटा बर्थ डिसअर्डरका कारणले यस्तो भएको थियो । उनलाई कुनै बिमारी भने थिएन । क्यासिडीको अनुहारलाई ठीक गर्न र नक्कली नाक लगाउन डाक्टरलाई ६ वर्ष लाग्यो ।

 

क्यासिडी अहिले कलेज पनि जान थालेकी छिन् । उनले आँखा देख्दिनन् तर सामान्य जिन्दगी बाँचिरहेकी छिन् । उनलाई पहिलोपटक देख्दा जोकोही तर्सिन्छन् । कतिले उनलाई मजाकको पात्र पनि बनाउँछन् । तर उनी दुखी छैनन् ।

पछिल्लो ६ वर्षमा क्यासिडीको ११ वटा सर्जरी भइसकेको छ । उनको अनुहारलाई ठिक गर्न मात्रै पाँच वर्ष लाग्यो । उनको अनुहारमा प्रोस्थेटिक नाक फिट गरिएको छ । मानिसको कुनै अंग कुनै कारणले क्षतिग्रस्त भयो भने प्रोस्थेटिक अंग लगाउने गरिन्छ ।

डाक्टरको भनाई अनुसार यदि कोही नाक बिना नै जन्मिन्छ भने पनि उसले सास फेर्न सक्छ । क्यासिडी पहिले पनि सास फेर्न सक्थिन् तर नाक लगाएपछि उनको अनुहारले पूर्णता पाएको छ । उनको अनुहारमा नाक फिट गर्न डाक्टरहरुले निकै मिहिनेत गर्नुपरेको थियो । नाक त जेनतेन दिए उनलाई डाक्टरले तर आँखा भने अझै दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment