Comments Add Comment

कुलमानको कमालः २५ मेगावाट थपे, १२ घन्टे लोडसेडिङ हटाए

२४ माघ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौंमा लोडसेडिङ अन्त्य गरे । तर, केहीले भारतबाट अन्त्याधिक आयात गरेर लोडसेडिङ अन्त्य गरेको र यो दिगो नहुने तर्क गर्ने गरेका छन् ।

प्राधिकरण प्रमुख घिसिङले यसको जवाफ दिएका छन् । गत वर्ष भन्दा २५ मेगावाट मात्र बढी विद्युत भारतबाट आयात भइरहेको उनले बताएका छन् ।

उनका अनुसार गत वर्ष ३ सय ४५ मेगावाटसम्म विद्युत आयात गरिएको थियो । अहिले यो बढेर ३ सय ७० मेगावाटसम्म पुथगेको छ । तर, गत वर्ष गत वर्ष १२ घन्टासम्म हुँदै आएको लोडसेडिङ अहिले शुन्यमा झारेको छ ।

विद्युत प्राधिकरणले ३ सय ५० मेगावाट बिद्युत उत्पादन गरिरहेको छ भने निजी विद्युत उत्पादक कम्पनीहरुले १५० मेगावाट उत्पादन गरिरहेका छन् ।

उद्योगी व्यवसायीहरुसँग भएको छलफलमा प्राधिकरण प्रमुख घिमिङले भने, ‘गत वर्षभन्दा २५ मेगावाट बढी आयात गरेको हो, आयात गर्न हुन्न भन्ने नबुझौं ।’

विद्युत प्राधिकरणले निजी विद्युत उत्पादक कम्पनीबाट ८ रुपैयाँ ४० पैसामा खरिद गरिहेको छ । तर, भारतबाट आयात हुने विद्युतको भने ५ रुपैयाँ ४० पैसा मात्र पर्छ । सुख्खा सिजन विद्युत प्राधिकरणले निजी उत्पादन कम्पनीहरुबाट महंगोमा विद्युत खरिद गर्नु पर्ने बाध्यता रहेको घिसिङले बताए ।

अन्य समयमा भने विद्युत प्राधिकरणले निजी उत्पादक कम्पनीबाट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गर्छ । उनले भने ‘यो भारतबाट आयात गर्ने ५ रुपैयाँ ४० पैसाको विद्युत पनि चाहिएको समयमा मात्रै ल्याउने हो ।’

हालै मात्रै प्राधिकरणले भारतबाट विद्युत आयात गर्ने खिम्ती ढल्केबर प्रसारण लाइनको चार्ज गरेको छ । यसको निर्माणका क्रममा पछिल्लो समयमा १५ दिनमा ३ वटा सम्म टावर उठाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment