+
+

गोली प्रहार गरी रकम लुट्ने पक्राउ

रासस रासस
२०७३ माघ २४ गते १७:११

२४ माघ, विराटनगर । गोली प्रहार गरेर दुई लाख रकम लुटेको अभियोगमा पक्राउमा परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङ, कटहरी–४ बस्ने ३४ वर्षीय कात्तिक कामतलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

जीवन विकास शाखा कर्सियाका सहायक फिल्डमा कार्यरत रङ्गेली–११ बस्ने ३७ वर्षीय घनश्याम बहरदार चढेको मोटरसाइकललाई गत माघ १२ गते विराटनगर–रङ्गेली सडकखण्डको दादरबेरियामा रोकेर लुटपाट गरिएको थियो ।

एक भारतीय नम्बरको मोटरसाइकलसमेत गरी दुई मोटरसाइकलमा आएका लुटेराको समूह सो रकम लुटेर फरार भएको थियो । घटनामा संलग्न अन्य लुटेराको खोजबिन भइरहेको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए।

पक्राउमा परेका कामत यसअघि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा २०७२ साल वैशाख ६ गते १० वर्षको सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?