Comments Add Comment

पत्रपत्रिकाको फ्रन्टपेजः जेठमा चुनाव ‘असम्भव’

२५ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा जेठमा स्थानीय चुनाव असम्भव बन्दै गएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, रुपन्देहीमा एक युवकले एसिड प्रहार गरी प्रेमिकाको हत्या गरेको समाचारलाई स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले प्रमुख दलहरुबीच संवाद ठप्प भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै १३ देशका लागि राजदूत नियुक्तिको तयारी भएको समाचारलाई पनि फ्रन्टपेजमा समेटेको छ ।

नागरिक दैनिकमा जेठमा चुनावको टर्दै गएको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यसैगरी ‘पशुपतिको जग्गा मनपरी बाँडिँदै’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा नुवाकोटका भूकम्पपीडितले जग्गा बेच्दै घर बनाउँदै गरेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ । त्यस्तै आईएसआई एजेण्ट पक्राउ परेको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

बुढीगण्डकी जलविद्युत अयोजना निर्माणका लागि साडे ५ अर्ब मुआब्जा बाँड्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले जेठभित्र ८० प्रतिशत पुँजीगत बजेट खर्च गरिसक्न लेखासमितिले निर्देशन दिएको समाचारलाई पनि महत्व दिएको छ ।

गोरखापत्र दैनिकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न पत्राचार भएको समाचार र भाषा आयोगले अझै पूर्णता नपाएको समाचारले प्राथमिकता पाएको छ ।

राजधानी दैनिकले संविधान संशोधनमा कांग्रेसभित्रै मतान्तर भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै राजविराजमा अबोध बालकको निर्मम हत्या भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment