बुधबार, ९ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

डेढ महिनाकी सुत्केरी करिना जब र्‍याम्पमा उत्रिइन्

Suzuki
अनलाइनखबर

महिलाहरु सुत्केरी भएको कम्तिमा तीन महिना घरमा आराम गर्छन् । तर बलिउड अभिनेत्री करिना कपुरको हकमा यो लागू भएन । सुत्केरी भएको ४५ दिनमै उनी पुरानो संसारमा फर्केकी छिन् ।

डेढ महिनाको दुधे छोरालाई घरमा छोडेर करिना एउटा फेसन शोमा क्याटवाक गर्न पुगिन् । यद्यपि, उनको चालढाल हेर्दा क्याटवाक गर्ने बेला भइनसकेको जस्तो लाग्थ्यो । सुत्केरी हुँदा मोटाएको शरीर अझै पुरानो आकारमा फर्किन बाँकी देखिन्थ्यो ।

लेक्मे फेसन वीकमा डिजाइनर अनिता डोंगरेका लागि उनले क्याट वाक गरेकी थिइन् । सेतो र लामो पहिरनमा क्याटवाक गर्दा उनी त्यति खुल्न सकिनन् । उनको अनुहारको मुस्कान बनावटी लाग्थ्यो भने शरीरमा स्फुर्तिको अभाव थियो । सायद घरमा छोडेर आएको सानो छोराको अनुहार दिमागमा घुमिरहेको थियो कि ।

३६ वर्षिया करिनाले गत डिसेम्बरमा छोरा तैमुर अली खान पटौंदीलाई जन्म दिएकी थिइन् । बच्चा जन्माएपछि लामो समयसम्म कामबाट ब्रेक नलिने घोषणा उनले पहिले नै गरेकी थिइन् ।

करिनालाई बलिउडकी स्टाइलिस अभिनेत्रीको रुपमा लिइन्छ । गर्भवती अवस्थामा पनि उनको स्टाइललाई लिएर खुबै चर्चा-परिचर्चा हुने गथ्र्यो ।

 

२०७३ माघ २५ गते १२:३४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Smile Please लेख्नुहुन्छ    |   २०७३ माघ २५ गते १३:२९

    लोग्ने मान्छेहरु चाहिँ बाऊ भा’को ४५ मिनेटमै भट्टी धाउन हुनी, महिलाले चाहिँ आमा भा’को ४५ दिन पछि घर बाहिर निस्कदा नि होच्या’र news लेख्ने ? यस्ता त छन् news वाला ……….
    “डेढ महिनाको दुधे छोरालाई घरमा छोडेर करिना एउटा फेसन शोमा क्याटवाक गर्न पुगिन् । यद्यपि, उनको चालढाल हेर्दा क्याटवाक गर्ने बेला भइनसकेको जस्तो लाग्थ्यो । सुत्केरी हुँदा मोटाएको शरीर अझै पुरानो आकारमा फर्किन बाँकी देखिन्थ्यो ।”
    के news लेख्या यो तोइट् ! लाजमर्नु

    34
    4
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this