Comments Add Comment

पिसाब फेरेरै मासिक चार हजार रुपैयाँ आम्दानी !

सहरका सार्वजनिक शौचालयहरुमा मलमुत्र त्याग गर्दा पैसा तिर्नुपर्छ हामीकहाँ । घरका शौचालयमा दिसापिसाब गरे नगरेको बारेमा कसले ध्यान देओस् ? तर छिमेकी देश भारतमा भने एउटा यस्तो जिल्ला छ- जहाँ शौचालयमा दिसापिसाब गर्दा पैसा तिर्नुपर्ने होइन कि, उल्टै २५ सय भारु इनाम पाइन्छ ।

ट्वाइलेटमा दिसा पिसाब गरेबापत नै चार हजार नेपाली रुपैयाँ बराबरको रकम पाइने भन्ने भएपछि किन जागिर खानुपर्‍यो ? पटक पटक ट्वाइलेट धाए त भैगोनी भन्नुहोला । तर त्यस्तो होइन ।

भारतको राजस्थानस्थित बाडमेर जिल्लामा यो अनौठो योजना सञ्चालनमा छ । खुला स्थानमा दिसापिसाब गर्ने क्रमलाई रोक्न र जिल्लाबासीहरुलाई दिनहुँ शौचालयको प्रयोग गर्न प्रेरित गर्नका लागि जिल्ला अधिकारीले यो नयाँ स्कीम सुरु गरेका हुन् ।

उक्त स्कीम मुताबिक गाउँका हरेक परिवारलाई आफ्नै शौचालयमा दिसा पिसाब गरेबापत महिनाको २५ सय भारु दिइन्छ । अहिलेसम्म यो योजना जिल्लाका दुईवटा पञ्चायतमा सुरु गरिसकिएको छ र अरु गाउँमा पनि लैजाने योजना छ ।

केन्द्र सरकारको स्वच्छ भारत मिसनलाई पूरा गर्न बाडमेरा जिल्ला प्रशासनले स्थानीय गैरसरकारी संस्थाको सहयोगमा यस्तो गज्जबको योजना ल्याएको हो ।

स्थानीय बेतू र गिदा पञ्चायतका मानिसहरु आफ्नै ट्वाइलेटमा दिसा पिसाब गर्दा समेत पैसा पाइने भएपछि मख्ख छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment