+
+
Shares

प्रधानमन्त्रीको आग्रह- निर्वाचन हुनेमा शंका नगरौं

अब पेपरलेस चुनाव गर्नुपर्छः निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २५ गते १८:२५

२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह गरेका छन् ।

विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे निर्वाचन आयोगमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले चुनावको तयारी शुरु भइसकेको बताए ।

मन्त्रिपरिषदले समेत निर्वाचन आयोगलाई तयारीका लागि आग्रह गरिसकेको अवस्थामा निर्वाचन हुने कुरामा शंका नगर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे

मन्त्रिपरिषदले समेत निर्वाचन आयोगलाई तयारीका लागि आग्रह गरिसकेको अवस्थामा निर्वाचन हुने कुरामा शंका नगर्न प्रचण्डले आग्रह गरे । उनले भने- असन्तुष्ट दलहरुलाई पनि समेटेर निर्वाचन गराउन सरकार लागिरहेको छ ।

प्रधानमन्त्रीले विद्युतीय मतदान यन्त्रको प्रयोगबाटै निर्वाचन गराउनुपर्ने बताए । उनले नेपाली जनताको हातहातमा मोबाइल पुगिसकेको भन्दै विद्युतीय मेसिनबाट मतदान गर्न जनतासक्षम हुने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा निर्वाचन आयोगले नयाँ भोटिङ मेसिनको प्रयोगबारे प्रदर्शन गरेको थियो । आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले पेपरलेस निर्वाचनको पक्षमा आयोग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?