Comments Add Comment

भोटिङ मेशिनको ‘डेमो’ हेर्दै नेताले सोधे- चुनाव हुन्छ ? (भिडियो रिपोर्ट)

२५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गर्ने तरिका प्रदर्शन गरेको छ । कान्तिपथस्थित आयोग पुगेका प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले एउटा अमेरिकी कम्पनीले निर्माण गरेको इलेक्ट्रोनिक भोटिङ मेशिनमा मतदान समेत गरेर हेरे ।

आयोगले दलहरुलाई आगामी चुनावमा इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोगको सम्भाव्यताबारे हेर्न कान्तिपतस्थित केन्द्रीय कार्यालयमा बोलाएको थियो । र, भोटिङ मेशिनको प्राविधिक पक्षबारे मेशिन उत्पादक कम्पनीका प्रतिनिधिसँग प्रश्न गर्ने वातावरण मिलाइएको थियो ।

कम्पनीका प्रतिनिधिहरु नेताहरुको प्रश्नको जवाफका लागि तयार थिए । तर पूर्वमन्त्री, दलका अध्यक्ष तथा नेताहरुले कुरा बुझेनन् । भोटिङ मेशिनको प्राविधिक पक्षमाथि प्रश्न नगरेर, निर्वाचन हुने कि नहुने ? मेशिन खरिद गर्ने आर्थिक स्रोत के हो ? जस्ता विषयमा प्रश्न गरिरहेका थिए ।

लगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले छलफलको उद्देश्य नबुझेको भन्दै मेशिनको प्राविधिक पक्षमा कुनै कमजोरी भएमात्र प्रश्न गर्न भने ।

निर्वाचन आयोगले प्रस्ताव गरेको यो इलेक्ट्रोनिक भोटिङ मेशिनमा पूर्ण रुपमा कम्प्युटर विधी अपनाइएको छ । मतपत्र छपाई र ढुवानी गर्ने झन्झटबाट मुक्त राख्न र बदरमत शून्यमा झार्न आयोगले इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रस्ताव गरेको हो ।

मेशिन निर्माण कम्पनी र निर्वाचन आयोगको दाबी अनुसार आगामी निर्वाचनमा उक्त मेशिनको प्रयोग गरिएमा बदर मतको संख्या शून्यमा झर्नेछ । भोटिङ मेशिनमा इन्टरनेट कनेक्सन नहुने भएकाले ह्रयाक हुन सक्दैन ।

सबै मत चिह्न एकैपटक स्क्रिनमा प्रष्ट देखिन्छ । र, यसको अर्को सकारात्मक पक्ष भनेको मेशिनमा मत संकेत गरेको एक सेकेण्डमै नतिजा रेकर्ड हुन्छ र लगत्तै निर्वाचन आयोगको केन्द्रीय कार्यालयको सर्भरमा समेत त्यसको रेकर्ड रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment