Comments Add Comment

भैरहवामा औद्योगिक व्यापार महोत्सव सुरु


२५ माघ, भैरहवा । रुपन्देहीको भैरहवामा मंगलबारदेखि राष्ट्रिय पर्यटन प्रबर्द्धन तथा, कृषि तथा औद्योगिक ब्यापार महोत्सव सुरु भएको छ ।

“आन्तरीक पर्यटन प्रबर्द्धन गरौ, घुमफिर बर्ष २०१७ सफल पारौ” भन्ने नारा सहित सिद्धार्थ होटल एसोसिएसन अफ नेपालको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहआयोजनामा मंगलबारदेखि सुरु भएको महोत्सव फागुन ७ गते सम्म सञ्चालन हुनेछ ।

महोत्सवको उदघाटन गर्दै आपूर्तिमन्त्री एवम् सांसद दिपक बोहोराले भैरहवामा मेला तथा अन्य प्रर्दशनीको लागी जग्गा अभाव भएको कारण भैरहवाका उद्योगी व्यापारीलाई भैरहवा मण्डपको लागि जग्गा खोजी गर्न आग्रह गरे ।

भैरहवा मण्डप स्थपनाको लागी आफु पनि सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए । उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका कारण भैरहवाको भविष्य उज्वल भएको कारण अधिग्रहण हुने जग्गाको मुआब्जा प्रक्रिया छिटो मिलाई काम अगाडी बढाउन समेत आग्रह गरे ।

प्रत्येक वर्ष सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनले पालैपालो भैरहवामा महोत्सव आयोजना गर्दै आएपनि यस वर्ष जग्गाको अभावमा उद्योग वाणिज्य संघ महोत्सव स्थगित गरेपछि आफुहरुले महोत्सवको आयोजना गरेको महोत्सवका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए ।

महोत्सवमा डण्डा खोलामा बोटिङ्ग, लोपोन्मुख खेल कुस्ती, ऊट नाच मुख्य आर्कषण रहेको छ । महोत्सवमा कृषी, उद्योग, व्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबिधी, रेष्टुरेन्ट, बिद्युतिय सामग्री, छाला जुत्ता लगायतका २ सय ६५ वटा स्टलहरु रहेको संयोजक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment