Comments Add Comment

एक तस्वीरमा एकै परिवारका ५०० सदस्य

काठमाडौं । एक परिवारका पाँच सयभन्दा बढी सदस्य एक शानदार पारिवार फोटो खिचाउन चीनमा जम्मा भएका छन् ।

यो परिवार चीनको पूर्वी प्रान्त झेनजियाङको एक गाउँमा जम्मा भएका हुन् ।

अवसर थियो, न्यू ईयरको । यो अवसरमा परिवारका सदस्यहरु एक ठाउँमा जम्मा हुन्छन् र खानपिन गर्छन् ।

रेन परिवारको यो तस्वीर खिच्नका लागि फोटोग्राफर झाङ दिआङजोङलाई ड्रोन नै प्रयोग गर्नु परेको थियो । उनले भनेका छन्, रेन परिवार ८५१ वर्ष पुरानो छ । तर, आठ दशकदेखि उनीहरुको फेमेली ट्री अपडेट भएको थिएन ।’

उनका अनुसार गाउँका बुढापाकाहरुले हालै मात्र फेमेली ट्री अपडेट गर्न सुरु गरे । र, सात पुस्तासम्मका २००० जीवित वंशजहरुको पत्ता लागेको छ ।

उनीहरुले परिवारका मानिसहरुलाई एकै ठाउँमा भेला पार्ने अभियान पनि थाले । र, करिव ५०० मानिस एकै ठाउँमा भेला गर्न सफल भएका छन् ।

रेन परिवारका सदस्यहरु बेइजिङ, शांघाई, शिनजियाङ र ताइवानमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment