निर्देशक करण जोहर र निर्माता, नायक तथा निर्देशक अजय देवगणविच बोलचाल त बन्द भैसकेको छ । तर, यी दुइविचको लफडाको विभिन्न घटनाहरु सार्वजनिक भैरहेका छन् ।
चलचित्र ‘शिवाय र ए दिल हे मुश्किल’ एकसाथ रिलिज भएपछि करण र अजयविच लफडा सुरु भएको थियो । यो लफडाले करण र नायिका काजोलविचको सम्बन्ध पनि टुटाइदियो ।
उनै, करणले आफ्नो बायोग्राफी पुस्तकमा एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । करणका अनुसार, चलचित्र रिलिजको केहि दिन अगाडि अजयले उनलाई फोन गरेर थर्काएका थिए । करणले, अजयले आफूलाई बोलेका शब्दहरु बाहिर भन्न नमिल्ने खालका थिए समेत भनेका छन् ।
विशेषगरि, एउटा पार्टीमा काजोलको बिषयमा कुरा गरेको भन्दै अजयले करणलाई फोन गरेका थिए । करणले, अजयको यस्तो व्यवहारमा काजोलले उनलाई संझाउनुको साटो मौन बसेको भन्दै उनीसँग सम्बन्ध सकिएको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4