+
+

अष्ट्रेलियामा स्याडोज नेपालको २० औं वर्षको सांगितिक यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २७ गते १८:३२

करिब सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ २० औं वार्षिक उत्सव मनाउन व्यस्त छ । अस्ट्रेलियामा रहेका दर्शक स्रोतासँग खुसियाली बाँड्दै सांगीतिक कन्सर्टहरुमा ‘द स्याडोज नेपाल’को टोली सक्रिय छ ।

अस्ट्रेलियाका मुख्य सहरहरु सिड्नी, ब्रिसबेन, मेलवर्न र एडिलेडमा प्रस्तुति दिएको उक्त ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो । उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो ।

ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् ।

हार्ड रक ब्याण्डको रुपमा परिचित यस ब्याण्डमा अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्टको रुपमा रहेका थिए भने बाबु भीके अहिले निष्कृय छन् ।

‘हिँड्ने मान्छे लड्छ’ गीतबाट नेपाली सांगीतिक बजारमा चर्चा बटुल्न सफल भएको बिगतका दिन सम्झदै गितारिस्ट अमित प्रधान भन्छन्, ‘१९९७ मा स्थापना पछि हामी केहि समय लिएर बजारमा आयौ, त्यो बिचको समय केहि गह्रो थियो । चितवनबाट काठमाडौं रेकर्ड गर्न जानु पर्दथ्यो ।’

पुराना भोकलिस्ट बसन्त श्रेष्ठ स्लो करियरमा लागेपछि करिब २००२ तिर स्वप्निल ब्याण्डमा प्रवेश गरे । ब्याण्डमा प्रवेश गरेको १५ वर्ष अगाडिको दिन सम्झदै उनले सुनाए, ‘मैले स्लो एल्बम निकाल्छु भनेर सोच गराइरहेको थिएँ । त्यति नै बेला कन्सर्टहरु हेरेको, गीत पनि सुनीरहेको ब्याण्डबाट प्रस्ताव आयो र टीममा सहभागी भएँ ।’

एक चोटी हेरौंन त भनेर आएका स्वप्निल त्यसपछि निरन्तर रुपमा लाग्दै गए । ‘हिँड्ने मान्छे लड्छ’ गीतमा बच्चाले गायको टुक्रा उनकै आवाज हो जुन धेरै अगाडि सानैमा रेकर्ड गरेका थिए । सानैदेखि संगीतबाट सामाजिक कुरा उठान गर्न खोज्ने उनले ब्याण्डमा त्यहीँ शैलीको प्रयोग गरे ।

शब्दहरु हुबहु नभए पनि त्यही थीम प्रयोग गर्दै ‘हिँड्ने मान्छे लड्छ’ तयार गर्‍यौं जुन बिषयबस्तु पनि स्ट्रोंग थियो,’ उनी भन्छन्, ‘हामीले पहिलो प्राक्टिस मै यो गीत बनाएका थियौं जुन केही दिन मैं तयार भएको थियो ।’

नेपालको राजनीतिक अस्थिरताले गर्दा अवसरको खोजीमा ब्याण्डका सदस्यहरु बिदेशतिर लागेको अमितले बताए । अमितसँगै प्रकाश पनी बिदेशमै छन् । ‘भूगोलको दुरीले गर्दा यो बीसौं बर्ष मनाउँदा सँगै भएको भए अझै धरै कुरा गर्न सकिन्थ्यो की भन्ने लाग्छ ब्याण्डका सबै सदस्यहरुलाई ।

आगामी योजनाको बारेमा आफूलाई सामाजिक समूह नै भनेर चिनाउने ‘द स्याडोज नेपाल’का सदस्यहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?