+
+
Shares

फेसबुक लाइटका प्रयोगकर्ता २० करोड नाघे

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १०:५३

कम डाटा खपत गर्ने फेसबुकको आधरभूत स्मार्टफोन एप फेसबुक एपका प्रयोगकर्ता २० करोड नाघेका छन् । सन् २०१५ मा लञ्च भएको फेसबुक लाइट स्मार्टफोनका उदीयमान बजारहरु तथा इन्टरनेटको गति कमजोर भएका ठाउँहरुमा फेसबुक प्रयोगकर्ताको रोजाई बनेको छ । साथै फेसबुकले लाइट एपको क्षमता अभिवृद्धि गर्दै एप अपडेट गरेको छ र यसलाई अहिलेसम्मकै उत्कृष्ट बनाएको दाबी गरेको छ ।

फेसबुक लाइट अहिले इजरायल, इटाली, युएइ तथा दक्षिण कोरिया जस्ता देशमा समेत उपलब्ध गराइएको छ । साथै बंगलादेश, नेपाल, नाइजेरिया, दक्षिण अफि्रका, सुडान, श्रृलंका, भियतनाम तथा जिम्बाबे जस्ता अफि्रकी तथा एसियाली देशहरुमा फेसबुक लाइट पहिल्यै देखि लोकपि्रय फेसबुक एपको रुपमा रहेको छ ।

फेसबुक लाइटको लोकपि्रयताका बारेमा एक ब्लग लेख्दै फेसबुककी सिओओ शेरिल स्याण्डबर्गले भनेकी छिन्- धेरै ठाउँहरुमा इन्टरनेट स्लो तथा अस्थिर भएका कारणले फेसबुकका सबै फंक्सन सपोर्ट गर्न सक्दैन । फेसबुक लाइटले प्रयोगकर्तालाई कम डाटा खपत गरी न्यूज फिड जस्ता फेसबुकका मुख्य फिचरहरुमा छिटै पहुँच स्थापित गरिदिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?