+
+

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता, एक चीन नीतिप्रति ट्रम्प प्रतिवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १४:३९

२८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता दर्शाएको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए लगतै गत डिसेम्बरमा ताइवानका राष्ट्रपतिलाई टेलिफोन गरेपछि एक चीन नीतिप्रति उनको विश्वासमा शंका गर्न थालिएको थियो ।

यसअघिका अमेरिकी राष्ट्रपतिहरुले ताइवानलाई छुट्टै राष्ट्रको दर्जामा राखेर हेर्ने गरेका थिएनन् । एक चीन नीति अनुसार अमेरिकाले ताइवान टापुसँग छुट्टै सम्वन्ध नराखिकन चीनसँग मात्रै औपचारिक सम्वन्ध कायम गर्दै आएको छ ।

चीनले ताइवानलाई आफूबाट छुट्टएिको एउटा प्रान्तका रुपमा हेर्ने गरेको छ जुन पछि मुख्यभूमिमा एकीकृत हुने उसको विश्वास छ ।

बिहीबार राति भएको लामो फोन वार्तामा दुई नेताहरुले थुप्रै मुद्दाहरुमा छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा यो वार्तालाई ‘अत्यन्तै सौहार्दपूर्ण’ संज्ञा दिँदै दुवै नेताले एक-अर्कालाई भ्रमणको निम्तो दिएको उल्लेख गरिएको छ । फोन वार्ता हुनुअघि ट्रम्पले सीलाई बिहीबार एउटा पत्र पनि पठाएका थिए ।

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा चीनले अस्वस्थ व्यापार गरेको आरोप लगाउनुका साथै साउथ चाइना सीमा उसको सैन्य शक्ति विस्तारलाई चुनौति दिएका थिए ।

बेइजिङले सावधानीपूर्ण प्रतिक्रिया दिँदै एक चीन नीतिमा ट्रम्पको अडानको विषयमा गहिरो चिन्ता व्यक्त गरेको थियो भने चीनसँग नजिकको सम्वन्ध कायम राख्न अमेरिकालाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?