+
+
Shares

स्थानीय निकायका कर्मचारी आन्दोलनमा, निजामती सरह सुविधा माग

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १९:५०
फाइल तस्वीर

२८ माघ, काठमाडौं । जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐन अनुसार भर्ना गरेका कर्मचारीहरुले समेत अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनु पर्ने भन्दै आन्दोन सुरु गरेका छन् ।

आफ्नो माग पूरा गराउन भन्दै उनीहरुले आज हातमा कालो पट्टी बाँधेर दिउँसो एक बजेसम्म पेन डाउन गरी देशभर विरोध गरेका छन् ।

सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

यस्तै उनीहरुले कर्मचारी समायोजनसँगै निजामती कर्मचारी सरह स्थानीय तहमा भर्ना भएका कर्मचारीलाई समेत सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, गाउँपालिका, नगरपालिकाको कार्यकारी अधिकृत हुन सक्ने जस्ता माग अघि सारेका छन् ।

उनीहरुले आगामी फागुन १ गते देशभरका स्थानीय निकाय बन्दको घोषणा गरेका छन् । त्यसपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने स्थानीय निकायका कर्मचारी हकहित मञ्चका अध्यक्ष हरिकुमार श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?