Comments Add Comment

‘अब निक्षेपको वृद्धिदर समानान्तर हुने गरेर कर्जा बिस्तार हुन्छ’


१ फागुन, काठमाडौं । बैंकर्सहरुले केही समयअघि भने जस्तो कुनैपनि क्षेत्रमा कर्जा लगानी नै रोक्ने नीति अख्तियार नगरिएको भएपनि अब आक्रामक रुपमा कर्जा लगानी नहुने स्पष्ट पारेका छन् ।

‘अब २ महिना ६ महिना होइन अर्कोवर्षपनि हामी निक्षेपको वृद्धिदरसँग समानान्तर हुने गरेर मात्र कर्जा लगानी गर्नेछौं,’ नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिल केशरी शाहले आइतबार आयोजित एक कार्यक्रममा बताए । उनले अब बैंकहरुमा कर्जा लगानी योग्य रकम बढेपनि असन्तुलन हुने गरेर कर्जा बिस्तार नगर्ने घोषणा गरे ।

उनले अहिले पुँजी अभावको समस्या २ देखि साढे २ महिनामा समाधान हुने र ६ महिनामा स्थिरता आउने बताए । बैंकरहरुले पहिले गरिएको भनिएको सेयर, गाडी र घरजग्गा कर्जा लगानी रोक्ने अनौपचारिक सहमती सही नभएको शाहले बताए । तर कर्जा लगानीको वृद्धिदर भने कम हुने स्पष्ट पारे । यद्यपी बजारमा सेयर लगानीकर्ताहरुले केही समयदेखि नयाँ सेयर धितोमा कर्जा पाउँन सकेका छैनन् ।

छिटो सेयर बाँडफाँट नीतिले पनि समस्या

धितोपत्र बोर्डले सेयर आवेदनमा परेको रकम राष्ट्र बैंकमा राख्नु नपर्ने सकारात्मक कदम चालेको भएपनि सेयर बाँडफाँट चाँडो गर्ने निर्देशन भने तत्काल दिन नहुने बैंकर शाहले धारणा राखेका छन् ।

‘अहिले ३०/४० दिनमा सेयर बाँडफाँट हुन्छ तर १५ दिनमा नै बाँडफाँट गर्न निर्देशन दिदा बैंकहरुलाई समस्या पर्छ , नीतिहरु चाँडो चाँडो फेरिदा व्यवस्थापन गर्न गाह्रो हुन्छ ,’ शाहले भने । निष्कासक तथा बिक्री प्रबन्धकहरुले लगानीकर्ताबाट आवेदनको क्रममा परेको रकम निश्चित समयसम्म राख्ने सम्झौता गरि बाँडफाँट अघिसम्म कुनै एक बैंकमा राखेका हुन्छन् । धितोपत्र बोर्डले केही संस्था नै तोकेर १५ दिनभित्र सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment