Comments Add Comment

अष्ट्रेलियाको समुद्री तटमा नेपाली छात्राको शव भेटियो

३ फागुन, सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत भेटिएकी छन् । एक युवक हराइरहेका छन् ।

न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० बर्षीया नेपाली छात्राको पहिचान हुन सकेको छैन । कलेजका साथीहरुका अनुसार उनी नेपालकी हुन् । तर, उनको परिवार अहिलेसम्म सम्पर्कमा नआएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

उद्धार संस्थाका सदस्यले उनको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए ।

प्रहरीले उनको मृत्यु पानीमा डुवेर भएको बताएको छ । पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युले भनेका छन्, त्यतिबेला उनीसँग एक युवा पनि सँगै थिए । दुवैसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ ।

‘हामीले अहिलेसम्म ती युवालाई फेला पार्न सकेका छैनौं, जो त्यतिबेला मृत युवतीसँगै थिए’ इन्स्पेक्टर एन्थोनीले भने, ‘हामीले प्रयास जारी राखेका छौं तर, खराव मौसम चुनौति बनिरहेको छ ।’

इन्स्पेक्टर एन्थोनीले यो जोडी एकैपटक समुद्रमा पसेको अनुमान गरेका छन् ।

हराइरहेका युवाको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ ।

समुद्री तटको उत्तरी क्षेत्रमा खोजीकार्य जारी राखिएपनि भिजिविलिटी कम हुनु र ठूला-ठूला सामुदि्रक छालका कारण खोजी तथा उद्धार कार्य कठिन बनेको छ ।

खराव मौसमका कारण न्यु साउथ वेल्सको कूजी बीचबाहेक अन्य सबै बीच बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment