+
+
Shares

मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान

'लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भए'

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ४ गते १९:४७
फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् । साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले केही समयभित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने बताए ।

साथै काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?