Comments Add Comment

पार्टी विलय जस्तो भयो, हामी त्यस्तो हुन दिँदैनौं: लोहनी

६ फागुन, काठमाडौं । राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाको महाधिवेशन आज शुक्रबारबाट सुुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा शीर्ष चार नेताबीच वर्तमान अध्यक्ष कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो ।

तर, डा. लोहनी त्यसबाट पछि हटेका छन् । पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै लोहनीले अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् ।

डा. लोहनीले भने, ‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ ।’

उनले अघि थपे, ‘अहिलेको पार्टीको विधान अनुसार कार्यकर्ता कसैको हनुमान भएर बस्नुपर्ने हुनसक्छ ।’

आधा पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुपर्ने उनको माग छ । नयाँ विधान अनुसार अध्यक्ष बाहेक सबै पदाधिकारी मनोनित हुनेछन् । राप्रपाका नेता डा. लोहनीले भने, ‘अहिले पार्टी एकता होइन, विलयजस्तो भएको छ, हामी त्यस्तो हुन दिदैनौं ।’

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते पार्टी एकता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment