Comments Add Comment

तोरीबारीमा स्वेताको मुस्कान


नेपाली चलचित्रमा मात्र नभई, नायिका स्वेता खड्काको यात्रा अहिले समाजसेवा र व्यवसायमा पनि एकसाथ अगाडि बढिरहेको छ । व्यवसायमा समेत स्वेता एक शक्तिशाली महिलाको रुपमा स्थापित हुँदैछिन् ।

२ बर्ष अगाडि नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेताको अनुहारबाट लामो समयसम्म मुस्कान हरायो । तर, स्वेता अहिले श्रीकृष्णलाई संझदै मुस्कान फर्काउने कोशिशमा लागिरहेकी छिन् । चलचित्र निर्माण, व्यवसाय र समाजसेवामा एकसाथ अगाडि बढ्दै स्वेता आफ्नो अनुहारमा खुशी ल्याइरहेकी छिन् ।

सिन्धुपाल्चोकको एक विकट गाउँमा पुग्दा स्वेताले प्रकृतीसँग रमाउने कोशिश गरिन् । फागुण महिनामा फुल्दै गरेका तोरीको सौन्दर्यतामा स्वेताले आफ्नो सुन्दरता पस्किइन् ।

अनलाइनखबरको क्यामेरामा तोरी बारीमा विभिन्न पोजमा तस्बिर खिचाउने क्रममा स्वेताको मुहारमा फर्किएको मुस्कान स्पष्ट झल्कन्थ्यो । स्वेता नायक दयाहाङ राइको साथमा चलचित्र ‘कान्छी’मा अभिनय गर्दैछिन् । आकाश अधिकारीले निर्देशन गर्ने यो चलचित्रलाई स्वेताले नै निर्माण गर्दैछिन् ।

तस्बिरः कमल प्रसाई

स्वेतासँग गरिएको ‘भ्यालेन्टाइन टक’ यहाँ हेर्नुहोस्ः

स्वेता पुग्दा सिन्धुपाल्चोकमा नेता जस्तै स्वागत, भिडियो यहाँ हेर्नुहोस्ः

स्वेतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment