Comments Add Comment

कलर्सको इ-१५ र इ-२० को मूल्यमा भारी छुट !


८ फागुन, काठमाडौं । कलर्स मोबाइललेस्मार्ट फोन इलिट इ १५ र इलिट इ २० को मूल्यमा भारी छुट प्रदान गरेको छ । पहिले १२ हजार ४९५ रुपैयाँ पर्ने इ १५ मात्र १० हजार ४९५ रुपैयाँमा र पहिले १३हजार ९९५ रुपैयाँ पर्ने इ २० अब मात्र ११हजार ९९५ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

आफ्नो बजेट अनुकूलको उत्कृष्ट स्मार्ट फोनको खोजीमा रहेका नेपाली स्मार्ट फोनका पारखीहरुले यो अफरको लाभ लिनेछन् ।  इ १५ मा ड्रागन ट्रेल सिसाजडित हुनाको साथै यसमा पावर ब्याक सहितको ५००० एमएएच क्षमतायुक्त ब्याट्री पनि रहेको छ ।

यसैगरी इ २० मा रहेका विशेषताहरुमध्ये यसको ५.५ इन्चको एचडि आइपिएस स्क्रिन, पछाडि भागमा १३ मेगापिक्सल क्षमता र अग्रभागमा ८ मेगा पिक्सल क्षमताको क्यामरा हुनु हो र साथै यसबाट ४ जी नेटवर्कसमेत सञ्चालन गर्न सकिने विशेषता रहेको छ ।

“यी २ वटा स्मार्ट फोनको बजार मूल्यमा यसप्रकारको अत्याधिक छुट दिनाले नेपाली स्मार्टफोन चलाउन इच्छुक ठिकठिकै आम्दानी गर्ने आम नागरिकले समेत त्यसलाई खरिद गर्ने अवसर प्राप्त गर्नेछन्, जसबाट उनीहरुले थोरै दाममा उत्कृष्ट स्मार्ट फोनको लाभ लिन सक्नेछन्’-कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने ।

यस्तै कलर्स मोबाइलका बजार प्रबन्धक  राजजँग थापाले बजार मुल्यमा दिइएको छुटका सम्बन्धमा भने-“हामी कलर्स मोबाइलको स्मार्ट फोनहरुको शृँखलामा उत्कृष्ट ब्राण्डको रुपमा रहेको यी २ स्मार्टफोनको प्रचलित मुल्यमा भारी छुट दिइएको जानकारी गराउन पाउँदा ज्यादै उत्साहित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment