१० फागुन, काठमाडौं । नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराई र परिवार दलका नेता एकनाथ ढकालबीच भेटवार्ता भएको छ ।
मंगलबार विहान भट्टराई निवासमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
भेटमा दुबै नेताले सरकारले चुनाव घोषणा गरेकोमा स्वागत गरेका थिए । तर, मधेसी मोर्चालाई विश्वास नलिएसम्म चुनाव हुनेमा भट्टराईले शंका व्यक्त गरेको नेता ढकालले जानकारी दिए ।
भेटपछि भट्टराईको भनाइ उद्धृत गर्दै ढकालले अनलाइनखबरसँग भने, ‘चुनावलाई स्वागत छ । तर, चुनाव हुन्छ भन्ने विश्वास गर्न सकिएको छैन । मधेसी मोर्चालाई विश्वासमा नलिई चुनाव हुनेमा उहाँको आशंका थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4