Comments Add Comment

दुर्लभ सिसमको काठ कञ्चनपुरबाट बरामद

११ फागुन, कैलाली । सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले बेवारिसे अवस्थामा गहुँबारीमा लुकाई राखेको अवस्थामा मंगलबार राति दुर्लभ जंगली सिसमको काठ बरामद गरेको छ ।

भिमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीघाटस्थित नेपाल भारत सीमा नजिकै गहुँबारीमा लुकाई राखेको अवस्थामा १ सय ९.८१ क्युफिट दुर्लभ, कालो जातको जंगली सिसमको काठ बरामद गरिएको गुल्मका प्रमुख डिएसपी नेत्र केसीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको उक्त काठ जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाइसकिएको छ ।

जिल्ला बन कार्यालय कञ्चनपुरका सहायक बन अधिकृत जिबछी यादवले उक्त सिसम बहुमुल्य रहेको बताउँदै यसको बजार मूल्य करिब ५ हजार रुपैयाँ क्युफिटसम्म हुनसक्ने प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment