Comments Add Comment

छोराको नाम फेर्ने सुरमा छन् सैफ अली खान

सैफ अली खान र करिना कपुरको छोराको नाम तैमुर राखेपछि निकै विवाद उब्जियो । अहिले विवाद साम्य भइसके तापनि सैफको मन शान्त भइसकेको छैन । उनी छोराको नाम फेर्ने कि भन्ने सोचाईमा अझै रहेछन् ।

हालै एउटा अन्तरवार्तामा नामले उब्जाएको विवादप्रति आफ्नो मनको कुरा खोले । नामकै कारण आफ्नो छोरा देशमा अलोकपि्रय होस भन्ने आफूहरुले नचाहेको उनले बताए । के तपाईंलाई अझै पनि मानिसहरुले छोराको नामको विषयमा प्रश्न गर्छन् भन्ने जिज्ञासामा उनले भने, ‘हो, अहिले पनि गर्छन् । मेरी छोरी पनि बारम्बार मलाई यो विषयमा प्रश्न गर्छिन् ।’

आफूले छोराको नाम बदल्ने कुरा गर्दा शुरुमा करिनाले अस्वीकार गरेको सैफले सुनाए ।

‘करिनाले भनिन् कि मानिसहरु तपाईंको विचारका कारण तपाईंलाई इज्जत गर्छन्, अब यो नामबाट तपाईं पछि हट्न मिल्देन । त्यसपछि मैले उनलाई सम्झाएँ कि यो अरु मानिसका लागि होइन । म चाहन्न कि मेरो छोरा अलोकप्रिय होस । हुन सक्छ एक वा दुई वर्षको भएपछि म उसको नाम फेर्नेछु ।’

‘यदि मलाई लाग्यो कि नामको कारणले छोरालाई स्कुलमा समस्या भइरहेको छ, भने म यो नाम फेर्न सक्छु । तर, यसो गर्दा ढिला भइसक्ने त होइन भनेर म चिन्तित छु । मानिसहरुले उसको वास्तविक नाम तैमुर नै भनेर सम्झिन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment