+
+

चुलिवन पर्यटन योजनाको काम तीव्र

रासस रासस
२०७३ फागुन १३ गते ७:४९

१३ फागुन, धनकुटा । धनकुटा नगरपालिकाले वडा नं–७ मा रहेको चुलिवन देउराली डाँडा पर्यटन प्रवद्र्धनका लागि वार्षिक  ५० लाख रूपैयाँ खर्चने भएको छ ।

धनकुटा सदरमुकामबाट एक किलोमिटर टाढा रहेको पर्यटकीय क्षेत्रमा विसं २०६८ सालदेखि हालसम्म लगातार भौतिक संरचना निर्माण कार्य गरिरहेको छ । नगरपालिकाले विशेष कार्ययोजना निर्माण गरेपनि विगत दुई वर्षदेखि काम हुन सकेको थिएन । यो वर्षदेखि पर्यटन गुरु योजनाको काममा निरन्तरता दिइने धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थ धितालले बताए ।

विनियोजन गरिएको सो क्षेत्रमा तीन सामुदायिक वन समितिको संरक्षण भएका कारण विगत वर्षमा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । विगत वर्षमा सामुदायिक वनसँगको सहकार्यमा रकम खर्च गरेपनि कार्ययोजना कार्यान्वयनमा कठिनाई भएको थियो ।

गत वर्षमा रु ९० लाख बरावरको योजना कार्यान्वयन हुन नसकेका कारण यो वर्षदेखि ‘रामलिहाङ÷रिदिमा चुलिवन पर्यटन क्षेत्र’ नामक संस्थाको सहकार्यमा काम गर्ने सहमति भएको कार्यकारी धितालले जानकारी दिए ।

पर्यटकीयस्थलमा मन्दिर, बाटो, रेलिङ, पार्कलगायत निर्माण कार्यले तीव्रगति पाएको छ । चुलिवन पर्यटन गुरुयोजना नेपाल पर्यटन बोर्डमार्फत समेत कार्यक्रम प्रस्ताव गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?