Comments Add Comment

स्थानीय चुनावबारे वैद्य माओवादीको पर्ख र हेरको नीति


१३ फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले वैशाख ३१ को स्थानीय चुनावबारे आफ्नो मौनता तोडेको छ ।

सरकारले सोमबार नै स्थानीय चुनावको मिति घोषणा गरेपनि वैद्य माओवादी मौन बसेको थियो । शुक्रबार विज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले स्थानीय चुनावबारे धारणा सार्वजनिक गरे ।

संसदीय व्यवस्था अन्तर्गत गरिने संंविधान संशोधन र हुने निर्वाचनले जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान नहुने वैद्यले बताएका छन् । साथै सत्तापक्ष र अन्य दलको विवादका कारण चुनाव हुन नसक्ने क्रान्तिकारी माओवादीको ठहर छ ।

यद्यपि संसदीय निर्वाचन बहिष्कार र उपयोग सम्बन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएको बताएका छन् । चुनावबारे पर्ख र हेरको नीति लिएको संकेत गर्दै उनले भनेका छन्, ‘परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment