Comments Add Comment

प्रदेश राजधानी २० दिनभित्र टुङ्गो लाग्छ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ को हिउँदे अधिबेशन ३ महिनापछि सुरु

१७ चैत हेटौंडा । प्रदेश ३ को हिउँदे अधिबेशन ३ महिनापछि सुरु भएको छ । हिउँदे अधिबेशनको पहिलो बैठकमै प्रदेशको स्थायी राजधानीको बिषयले पनि प्रवेश पाएको छ ।
आइतबार दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सद्भाव र सहमतिबाट प्रदेश राजधानीको विषय टुङ्गो लगाउन आग्रह गरे ।
हिउँदे अधिवेशन बढीमा २० दिन सञ्चालन हुने बताउँदै यसै अधिवेशनको अन्त्यसम्ममा स्थायी राजधानीको टुङ्गो लाग्ने दाबी समेत गरे ।

यस्तै, स्थायी राजधानीको लागि पुग्ने दुई तिहाई मत सत्तापक्षकै भएपनि आलटाल गर्दै आएको सरकारले अहिले स्थायी राजधानीको लागि संसदमा प्रकृया अघि बढाएकोमा प्रतिपक्षी दलले सकरात्मक लिएको छ ।

आइतबारबाट सुरु भएको हिउँदे अघिवेशनमा पार्टीगत रुपमा प्रतिनिधित्व गर्ने सांसदहरुले अधिवेशनको शुभकामना दिए ।

सभामा नेमकिपाका सांसद सुरेन्ऽराज गोसाई, राप्रपा नेपालकी सांसद रिता माझि, राप्रपा संयुक्तकी सांसद रिना गुरुङ र प्रदेश सभाका सदस्य प्रेमबहादुर तामाङले अधिवेशको शुभकामना दिए ।

हिउँदे अघिवेशनको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्ताको वाषिर्क प्रतिवेदन सभामा प्रस्तुत गरेका छन् ।

यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुबिधाको सम्बन्धमा बनेको बिधेयक संशोधनको लागि सभामा प्रस्तुत गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कर तथा गैरकर राजशव उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संशोधनका लागि सभामा पेश गरे ।
‘प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मन्त्री युवराज दुलालले प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

मन्त्री अरुण नेपालले ‘प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको बिधेयक’ र ‘प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको बिधेयक’ प्रस्तुत गर्दै दफावार छलफलका लागि उद्योग पर्यटन वन समितिमा पठाइएको छ ।

कृषिमन्त्री दावा दोर्जे लामाले पेश गरेको प्रदेश सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ तथा कृषि समितिमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment