Comments Add Comment

‘भाग्यले बाँचेकाहरु’लाई बोधिसत्व सिल्भर अवार्ड

गणेश पाण्डे र शारदा गैरे

पटना । नेपाली बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले फेरि अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । भारत बिहार राज्यको पटनामा सम्पन्न बोधिसत्व अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्री बिधामा ‘बोधिसत्व सिल्भर अवार्ड’ जितेको हो ।

गत बिहीबार राति पटनामा आयोजित अवार्ड समारोहमा ‘भाग्यले बाँचेकाहरु’का जुरी अध्यक्ष गोविन्द निहालनीले निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई सिल्भर अवार्डसहित ५० हजार भारतीय रुपैयाँ (नेपाली ८० हजार) ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

संसारभरका ७ सय ३० वटा डकुमेन्ट्रीमध्ये प्रतिस्पर्धाका लागि ९ बृत्तचित्र छानिएका थिए । त्यसमध्ये भाग्यले बाँचेकाहरुले दोस्रो स्थान हासिल गरेको चलचित्र महोत्सवका निर्देशक पंकज श्रेयस्करले घोषणा गरेका थिए ।

‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले एकपछि अर्को अवार्ड प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको शान उच्च भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment